global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ काठमाडौंको बानेश्वरस्थित कात्यायनी चोकमा खुल्यो ‘करेन्ट मार्ट, यशोदा फुड्सका सम्पूर्ण भेराइटीका उत्पादन एकै छानामुनि पाइने

काठमाडौंको बानेश्वरस्थित कात्यायनी चोकमा खुल्यो ‘करेन्ट मार्ट, यशोदा फुड्सका सम्पूर्ण भेराइटीका उत्पादन एकै छानामुनि पाइने

काठमाडौंको बानेश्वरस्थित कात्यायनी चोकमा खुल्यो ‘करेन्ट मार्ट, यशोदा फुड्सका सम्पूर्ण भेराइटीका उत्पादन एकै छानामुनि पाइने

नेपाली बजारमा ’हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ’करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ को माघ १८ गते, आइतबारबाट दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ।

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै, कम्पनीले काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा नयाँ शाखा विस्तार गरेको हो।

नयाँ बानेश्वरको कात्यायनी चोकमा अवस्थित यस ’करेन्ट मार्ट’ को भव्य उद्घाटन यसोदा फुड्सका डाइरेक्टर श्री मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। साथै, डाइरेक्टर मधुसुदन घिमिरेले करेन्ट मार्टको बारेमा मिडियालाई विस्तृत जानकारी समेत दिएका थिए।

उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाल लगायतले विशेष उपस्थिति जनाएका थिए। साथै, यस समारोहमा ग्राहक तथा शुभचिन्तकहरुको पनि राम्रै उपस्थिति रहेको थियो।

यस नवनिर्मित ’करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन्। त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया तथा बिभिन्न प्रकारका मसला (जिरा पाउडर, धन्या पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भने, “भैरहवाका उपभोक्ताहरूले ’करेन्ट मार्ट’ लाई देखाएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ। उपभोक्ताहरूले अब कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ।“

यसअघि कम्पनीले काठमाडौंको अनामनगर र शंखमुलमा ’करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीहरूलाई नयाँ स्वाद पस्किरहेको सन्दर्भमा, यो नयाँ ’मार्ट’ ले पनि यशोदा फुड्सका प्याकेज्ड फुड खरिद गर्न चाहने ग्राहकहरूलाई विशेष सुविधा दिने विश्वास लिइएको छ।

सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा। लि। नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। कम्पनीले ’करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ। आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु