गृहपृष्ठ टर्मिनल व्यवस्थापनको विषयमा विवादपछि हडतालका कारण बन्दरगाह सेवा प्रभावित
टर्मिनल व्यवस्थापनको विषयमा विवादपछि हडतालका कारण बन्दरगाह सेवा प्रभावित
काठमाडौँ । बङ्गलादेशको मुख्य चट्टोग्राम बन्दरगाहमा आइतबार कामदारहरूको हडतालका कारण सेवा प्रभावित भएको छ ।
संयुक्त अरब इमिरेट्समा रहेको लजिस्टिक कम्पनीमा यसको एक कन्टेनर टर्मिनल स्थानान्तरण गर्ने बिषयमा विवाद हुँदा कामदारहरू आन्दोलित भएका हुन् । हडतालका कारण बन्दरगाहबाट हुने आपूर्ति र निर्यातका गतिविधि पूभावित भएका थिए ।
जहाज व्यवस्थापक र टर्मिनल सञ्चालकहरूको प्रतिनिधित्व गर्ने एफबिसिसिआईका अध्यक्ष फजले एकराम चौधरीले बन्दरगाहको सेवा क्षमतामा ४० प्रतिशतले प्रभाव परेको बताए ।
पहिले चटगाउँ भनेर चिनिने र बङ्गालको खाडीमा रणनीतिक रूपमा अवस्थित चट्टोग्राम बन्दरगाहको विदेशी स्वामित्वको विरोधको यो पछिल्लो चरण हो।
विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता बङ्गलादेश आफ्नो अधिकांश आयात र निर्यातका लागि बन्दरगाहमा निर्भर छ।
बङ्गलादेशको उच्च अदालतले गत हप्ता ‘चट्टोग्राम पोर्ट अथोरिटी’ र युएईस्थित ‘डीपी वर्ल्ड’बिचको बन्दरगाहको ‘न्यू मुरिङ कन्टेनर टर्मिनल’ सञ्चालनको ठेक्का कानुनी भएको फैसला गरेपछि हडतालको आह्वान गरिएको थियो।
आइतबार कार्गो र कन्टेनरमा सामान राख्ने र झार्ने काम लगभग ठप्प भएको थियो र कार्गो ढुवानी पनि रोकिएको थियो।
चट्टोग्राम पोर्ट अथोरिटीका प्रवक्ता उमर फारुकले टिप्पणीको लागि गरिएको अनुरोध स्वीकार्नुभएन, यद्यपि अन्य बन्दरगाह अधिकारीहरूले कि राजस्व क्षतिको आकलन गर्न र हडतालका लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न एक समिति गठन गरिएको बताए ।
प्रहरीले बन्दरगाह वरपरका सबै सभा,र्याली र भेलामा पनि प्रतिबन्ध लगाएको छ ।उच्च अदालतको निर्णयले एनसिटीको लागि सन् २००७ मा डिपी वल्र्डसँग शुरू भएको २५ वर्षको लिज सम्झौतामा कानुनी अवरोधहरू हटाएको थियो ।
प्रमुख राजनीतिक दलसँग जोडिएका केही श्रमिक सङ्गठनहरूले सोमबार पनि हडताल जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
लेबर नेता इब्राहिम खोकोनले नयाँ सञ्चालकहरूको नेतृत्वमा रोजगारी गुम्ने डर रहेको बताए ।“यदि विदेशी कम्पनीले कार्यभार सम्हाल्यो भने, बन्दरगाहका कामदारहरूलाई अनिवार्य सेवानिवृत्ति लिन बाध्य पारिनेछ, पैसा विदेशमा जान्छ र राष्ट्रिय राजस्वमा असर पर्नेछ,” खोकोनले एक विज्ञप्तिमा भने ।
बन्दरगाह प्राधिकरणका अनुसार बङ्गलादेशको अन्तर्राष्ट्रिय व्यापारको करिब ९५ प्रतिशत चारवटा टर्मिनलमार्फत सञ्चालन हुने गरेको छ ।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले बन्दरगाह सेवा र दक्षता सुधार गर्न अनुभवी र व्यावसायिक अपरेटरको आवश्यकता रहेको तर्क गरेको छ।
प्रकाशित समय : २१:५८ बजे





















