काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण

1.68K
shares

झापा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको आज निरीक्षण गरेको छ ।

झापा–५ मा आज उम्मेदवारी मनोनयनका लागि आउनुभएका अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी  गरिएको इलाका प्रहरी कार्यालय दमक र दमक नगरपालिकाको निरीक्षण गरेको हो ।

निरक्षणका क्रममा उनले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा पार्टी कार्यकर्तासँग छलफल गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए। उनले आजै प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।