global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपालमा उच्च रक्तचापः मुख्य स्वास्थ्य समस्या, जीवनशैली सुधारले जोखिम घटाउन सकिने

नेपालमा उच्च रक्तचापः मुख्य स्वास्थ्य समस्या, जीवनशैली सुधारले जोखिम घटाउन सकिने

नेपालमा उच्च रक्तचापः मुख्य स्वास्थ्य समस्या, जीवनशैली सुधारले जोखिम घटाउन सकिने

काठमाडौं । उच्च रक्तचाप नेपालमा दिनानुदिन बढ्दो स्वास्थ्य समस्याका रूपमा देखा परिरहेको छ । चिकित्सकहरूका अनुसार यो रोग धेरैजसो अवस्थामा कुनै लक्षण नदेखाई शरीरभित्रै फैलिने भएकाले यसलाई ‘साइलेंट किलर’ भनिन्छ । समयमै नियन्त्रण नगरे मुटुरोग, पक्षघात ९स्ट्रोक०, मिर्गौला फेल र आँखाको समस्या समेत निम्तिन सक्छ ।

तर स्वास्थ्य विज्ञहरू भन्छन, सही जीवनशैली अपनाउन सके घरमै पनि ब्लड प्रेसर धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३० वर्ष माथिका प्रत्येक चार जनामध्ये एक जनामा उच्च रक्तचापको समस्या देखिएको छ । ग्रामीण क्षेत्रमा समेत जीवनशैली परिवर्तन, असन्तुलित खानपान र तनावका कारण यो समस्या तीव्र गतिमा फैलिँदै गएको छ ।
के कारणले हुन्छ उच्च रक्तचाप ? नियन्त्रण गर्न के गर्ने ?
विशेषज्ञहरुका अनुसार मुख्यतः अस्वस्थकर जिवनशैली तथा खानपान र वंशाणुगत कारणले गर्दा रक्तचाप बढ्ने समस्या निम्तीन सक्छ । अत्यधिक नुन र चिल्लो खाना, शारीरिक निष्क्रियता, मानसिक तनाव, धूम्रपान तथा अत्यधिक मदिरा सेवन, मोटोपना र रातो मासुको धेरै सेवन जस्ता कारणहरुले गर्दा रक्तचाप बढ्ने समस्या हुन्छ ।

जिवनशैली र खानपानमा सुधार गर्न सकेमा रक्तचाप सजिलै रक्तचाप नियन्त्रण गर्न सकिने चिकित्सकहरू बताउँछन् । साथै उच्च रक्तचापको समस्या देखिएमा चिकित्सकको सल्लाह बमोजिम नियमित रुपमा औषधि सेवन गर्नुपर्ने र नियमीत रुपमा रक्तचाप जाँच गर्नुपर्दछ ।

नुन घटाउँदा औषधि पनि घट्न सक्छ
उच्च रक्तचाप नियन्त्रणमा नुन सबैभन्दा ठूलो कारक हो । हामीले हरेक दिन खाने खानामा नुनको मात्रा नियन्त्रण गर्न सकेमा यसले फाइदा पुर्याउँदछ । स्वास्थ्य मापदण्डअनुसार दिनमा ५ ग्रामभन्दा कम नुन खानुपर्ने हुन्छ ।

प्याकेजिङ गरिएका वा प्रशोधित खाना जस्तैः अचार, चाउचाउ, पिज्जा, बर्गर, समोसा, पाउरोटि जस्ता खानेकुराहरुमा नुन र ट्रान्स फ्याटको मात्रा अत्यधिक हुने भएकाले यस्ता खानेकुराहरुमा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरुको सुझाब छ । यसो गर्नाले ५ देखि १० एमएम एचजी सम्म रक्तचाप घट्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

खानपानमै औषधि
पोषणविद्हरूका अनुसार सन्तुलित आहार नै प्रेसर नियन्त्रणको आधार हो । उपयुक्त खानाहरु हरियो सागसब्जी, फलफूल ,गेडागुडी, दलिया ,कम बोसो भएको दूध, दही जस्ता खानेकुरा खाएर रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु