काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ललितपुर मेयर कप ब्याडमिन्टन भोलिदेखि हुने

2.88K
shares

ललितपुर मेयर कप ब्याडमिन्टन भोलिदेखि हुनेछ । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भोलि मंगलबारदेखि हुने भएको छ। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा संचालन हुनेछ ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्ष माथिको मास्टर युगल खुला गरी ६ विधामा करिव २ सय २६ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले बताए ।

अघिल्ला तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार ५ सय छ भने प्रतियोगिताको पुरस्कार राशी ४ लाख २५ हजार छ । यो संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फको पुरस्कार राशीमा वृद्धि गरिएको सचिव रदीप महर्जनले जानकारी दिए ।

अघिल्लो संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गरेकोमा यस पटक पुरस्कार रकममा बृद्धि गरि ५० हजार, २५ हजार र १० हजार गरिएको महर्जनले बताए ।

यस्तै यु–१७ पुरुष तथा महिलाका शीर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका बिजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।