काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुदूरपश्चिमका सांसद चौधरी रास्वपा प्रवेश

2.44K
shares

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख)मा विजयी भएका चौधरी सोमबार रास्वपामा प्रवेश गरेका हुन् ।

नाउपाका पूर्वनेतृत्वहरू, थरुहट–थारुवान अभियान्ताहरू र रास्वपाबीच आज भएको समायोजनसभामा चौधरी पनि सहभागी छन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा विजयी भएका चौधरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि बनिसकेका छन् ।

यस्तै, तत्कालीन नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित पनि रास्वपा प्रवेश गरेका छन् । सोही पार्टी नेताहरू राजेश अधिकारी, कोमल ज्ञवाली, ठाकुरसिंह थारु, थरुहट नेता लक्ष्मण थारु, तुलसी चौधरी, सुरेन्द्र चौधरी पनि रास्वपामा प्रवेश गरेका छन् ।