global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मेची जोन अन्तर्गत हिमालयन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

मेची जोन अन्तर्गत हिमालयन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

मेची जोन अन्तर्गत हिमालयन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिर्तामोडमा मेची जोन अन्तर्गत कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीले एक बिशेष कार्यक्रम आयोजना गरी बर्ष २०२६ का लागि ९मिलियन डलर राउण्ड टेबल० एमडीआरटीका लागि योग्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । एमडीआरटी बन्न सफल खिवराज दाहाल, पुष्प खड्का, सागर रिजाल र दिलिप गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी रहेका कार्यकारी अधिकृत दाहालले एमडीआरटीहरुलाई बधाई दिँदै थप सफलताको शुभकामना व्यक्त गरे ।

बीमा व्यवसायमा पोलिसी बेच्नुभन्दा त्यसपछि बिमितलाई दिने सेवा ठूलो कुरा हुने बताए । अभिकर्ता एउटा सम्मानित पेशा भएको भन्दै दाहालले सामान्य अभिकर्तामा मात्र सिमित नभई विभिन्न तहगत उपलब्धि हासिल गर्न उत्प्रेरित गरे ।

कम्पनीका प्रमुख व्यापार अधिकृत नविन थापाले कम्पनी विमितको सेवासुविधाको पक्षमा सदैव तत्पर रहेको बताए । कर्पोरेट र अभिकर्ता आपसका पुरक रहेको बताउँदै थापाले दुवै पक्षले विमितको हितमा काम गर्नु पर्ने बताए ।

कार्यक्रममा कोशी प्रदेश प्रमुख रामबहादुर शाही र एमनेष्टि इन्टरनेशलका रााष्ट्रिय पूर्व अध्यक्ष तथा शिक्षासेवी हेम खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

अभिकर्ताहरुलाई सदैव हौसला प्रदान गरेको भन्दै युवा व्यवसायी तथा बेकरी उद्योग व्यवसायी संघ झापाका सचिव दिनेश अधिकारी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेत र हेम खड्कालाई मेन्टर सम्मान गरिएको थियो ।

एमडीआरटी बन्न सफल व्यक्तिहरुले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुती राखिएको थियो । कार्यक्रममा आगामी बर्षका लागि एमडीआरटी बन्न २१ जनाले प्रतिबद्धता जनाएका छन् ।

कम्पनीकी सुरुङ्गा शाखा प्रमुख चन्द्रकला घिमिरेले स्वागत गरेको कार्यक्रम बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले सञ्चालन गरेका थिए ।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु