global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेशनल लाइफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाइफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाइफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१र८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए भने नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।

साथै सो प्रदेशबाट आफ्नो कोड र संजालमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब कार्यक्रममा नेपालभर बाट १६०० जनाभन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरुलाई सकरात्मक प्रभाव पु-याउने हुँदा सबै तहका अभिकर्ताहरुलाई हुने गरी मासिक तथा बार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने बताए । उनले बीमा अभिकर्र्ता पेशा केवल व्यवसायसंग जोडिएको नभई सेवाभावसँग जोडिएको एक पवित्र पेशा भएकोले यस पेशामा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मूख्य आधार नै काम प्रतीको इमान्दारिता र निरन्तरता रहेको समेत बताए ।

सो समारोहमा उपस्थित विजेता अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले मोटिभेसनल तालिम प्रदान गरेका थिए ।

बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरु मध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाका रविना के।सीले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेको सो समारोहमा सहभागि विजेता अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप उर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महशुस भएको बताउका थिए ।

 

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु