गृहपृष्ठ मानवअधिकार आयोगले केपी ‍ओलीसँग लियो बयान

मानवअधिकार आयोगले केपी ‍ओलीसँग लियो बयान

मानवअधिकार आयोगले केपी ‍ओलीसँग लियो बयान

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको दमन र हिंसाबारे राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधपुछ गरिरहेको छ ।

आयोगले ओलीसँग आइतबार अपराह्न जेन-जी आन्दोलनमा भएको दमन, विध्वंश र हिंसाबारे सोधपुछ गरेको हो सदस्य लिली थापाले बताएकी छन् ।

जेन-जी आन्दोलनमा भएको दमन र हिंसालाई लिएर आयोगले यसअघि पनि दर्जनौँ व्यक्तिसँग बयान लिइसकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले सोधपुछ गरिसकेको छ।

ओली प्रधानमन्त्री भएका बेला भदौ २३ गते काठमाडौं र इटहरीमा १९ जनाले ज्यान गुमाएका थिए । भोलिपल्ट भदौ २४ गते मच्चाइएको विध्वंशका क्रममा देशभर अर्बौँको सरकारी र निजी भौतिक संरचना ध्वस्त पारिएको थियो ।

 

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु