काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण

2.14K
shares

रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो ।

तथ्याङ्कअनुसार जौ उत्पादन १८ दशमलव ३ प्रतिशतले बढेर एक करोड ९७ लाख टन पुगेको छ ।ओखतीको उत्पादन करिब एक चौथाइले वृद्धि भई ३८ लाख टन पुगेको छ भने कोदो उत्पादन ८ दशमलव ७ प्रतिशतले बढेर ३५ लाख टन पुगेको छ ।

दालजन्य बालीहरूको उत्पादन ऐतिहासिक रूपमा उच्च ८० लाख टन पुगेको छ, जसमा ५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ ।

यस वर्ष अन्न तथा दालजन्य बालीहरूको कुल अनुमानित उत्पादन १३ करोड ९४ लाख टन रहेको छ, जबकि सन् २०२४ मा यो परिमाण १२ करोड ५९ लाख टन थियो ।

यसैगरी, आलुको उत्पादन एक करोड ९५ लाख टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव ४ प्रतिशतले बढी हो ।

फलफूल तथा बेरी वर्गका बालीहरूको उत्पादन ४३ लाख टन पुगेको छ, जसमा सन् २०२४ को तुलनामा ८ दशमलव एक प्रतिशत वृद्धि भएको तथ्याङ्क सेवाले जनाएको छ ।