काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालविवाह न्यूनीकरण गर्न मुगुमा साझा अभियान सञ्चालन

3K
shares

मुगु । हिमाली जिल्ला मुगुमा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान सञ्चालन भईरहेको छ ।

मुगुमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले साझा अभियान चलाउन लागेका हुन् । यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बालविवाह न्यूनीकरण गर्न उनीहरूले सहकार्यका लागि बालविवाह न्यूनीकरण गर्न साझा अभियान गरेका हुन् । यो अभियानमा जिल्लामा रहेका सक्रिय १० वटा गैरसरकारी संस्थाहरु लागिरहेका छन् । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुको संयोजकत्वमा यो सञ्जाल गठन गरिएको छ ।

जसमा ग्रामिण सामुदायिक संस्था, नेपाल पत्रकार महासंघ मुगु , आई।एन।एफ नेपाल , किर्डाक नेपाल, हिरिसडेक , सहास नेपाल मालिका सामुदायिक विकास केन्द्र , जनसमुदाय सेवा केन्द्र , नागरिक समाज मुगु लगायतका संस्थाले बालविवाहविरुद्ध साझा अभियान सुरु गरेको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुका कार्यकारी निदर्शेक अजबहादुर शाहीले बताए ।

बालविवाहको साझा अभियानमा छायाँनाथ रारा नगरपालिका , मुगुम कार्मारोङ्ग गाउँपालिका , सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा यस अभियानले नमुनाको रूपमा काम गर्ने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुका सिनियर ब्यवस्थापन प्रमुख रुप बहादुर मल्लले विश्वास गरे । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत प्राथमिकताका साथ जोडेका छन् ।