global ime bank Long Banner Ad

गृहपृष्ठ ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने बताए । नेपाल र नेपाली आफ्नो मनमष्तिष्कमा सधैँ रहने उल्लेख गर्दै नेपाल सरकार, कर्मचारी वर्ग, कूटनीतिथक वृत्तका सहकर्मी, सञ्चारकर्मीका साथै नेपाली समाजका हरेक क्षेत्रबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसाद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, उद्योगपति, वरिष्ठ सञ्चारकर्मी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु