काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती

1.11K
shares

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा  जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा आज नेपालले हङकङलाई २७१ रनको चुनौती दिएको छ ।

अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनायो । जसमा कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । त्यसैगरी दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । अशोक र दर्शबीच १०८ रनको शतकीय साझेदारी समेत भयो ।

हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे । नेपाल लगातार दोस्रो जितेको खोजीमा छ ।

यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि ८ विकेटको जित निकालेको थियो । १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् ।

जसमध्ये  पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली  एसिया कपका लागि छनोट हुनेछन् ।