काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सामाजिक सुरक्षा कोषले गर्‍यो एक सय २६ अर्ब रकम लगानी

1.31K
shares

सामाजिक सुरक्षा कोषले एक खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित एक सय २६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए ।

आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए ।

कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतिमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, चार अर्ब ५२ करोड डिबेञ्चरमा, एक अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरेको जानकारी दिए ।

यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत सात अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ ।

योगदानकर्ता सापटीअन्तर्गत कोषले वार्षिक ५दशमलव२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५दशमलव८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताए ।