श्री इन्भेष्टमेन्टले ६ करोड ४० लाख रुपैयाँ लाभांश बाँड्ने
वि.सं.२०८२ मंसिर १० बुधवार ११:२१
shares

श्री इन्भेष्टमेन् एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ करोड ४० लाख रुपैयाँ लाभांश बापत बाँड्ने भएको छ ।
फाइनान्सको मंसिर ९ मा बसेको सञ्चालक समिति बैठकले गत आवको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्बको ६.४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने बताइएको छ ।

























