global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु (भिडियो सहित)

रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु (भिडियो सहित)

रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु (भिडियो सहित)

रामेछाप । रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम औपचारिक रूपमा आजबाट प्रारम्भ भएको छ ।

जिल्ला सदरमुकाम मन्थलीमा मन्थली नगरपालिकाको आयोजनामा मङ्गलवार बिहान प्रभात फेरी गरी अभियान सुरु भएको हो ।

मन्थलीको मदन भण्डारी चोकबाट सुरु भएको -याली मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन होइन ३ सय ६५ दिन नै आवश्यक रहेको बताए ।

उनले यस्ता विषय कानुनमा लेखेर मात्र नहुने बताउँदै व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए । यसको व्यवहारिक कार्यान्वयनको लागि हरेक व्यक्ति जिम्मेवार हुनु पर्ने उनको धारणा थियो ।

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै बस्नेतले नगरपालिकाले १६ दिन भरि नै विभिन्न कार्यक्रम राखेको जानकारी दिइन् ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति उपप्रमुख प्रेमसागर थापा, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जनप्रतिनिधिहरू, नागरिक अगुवा, कर्मचारी, सुरक्षाकर्मी लगायतका सहभागिता थियो ।

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु