काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न

2.35K
shares

काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज यहाँ सिंहदरबारमा सभा सम्पन्न भएको हो ।

त्यस अवसरमा कुलपति कार्कीले उत्कृष्ट विशेषज्ञ सेवासहित ५०० शय्यामा सञ्चालनमा रहेको प्रतिष्ठानलाई सरकारका तर्फबाट निरन्तर आवश्यक सहयोग हुने बताए । उनले पछिल्ला केही वर्षयता प्रतिष्ठानले अत्याधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गरी लाखौँ नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै प्रशंसा गरे ।

कुलपति कार्कीले प्रतिष्ठानले भरपर्दो स्वास्थ्य संस्थाका रूपमा विकास गर्नु सरकार र सबैका लागि गौरवको विषय भएको धारणा राखे ।

सभाले प्रतिष्ठानका उपकुलपति डा भरतबहादुर खत्रीले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । जसमा यस वर्षका लागि एक अर्ब ८९ करोड ४६ लाख रहेकामा जसमा सरकारबाट ३६ करोड ९५ लाख र आन्तरिक स्रोतबाट रु एक अर्ब ५२ करोड ५१ लाख रहेको छ ।

गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख पाएको थियो भने आन्तरिक स्रोतमा एक अर्ब १३ करोड रहेको थियो ।

विसं २०७२ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो । प्रतिष्ठानमा स्नातकोत्तरतर्फ एमडी, एमएसमा १३ विभागअन्तर्गत १०० विद्यार्थी अध्ययनरत छन् । स्नातकतर्फ एमबिबिएस, बिएनएस, बिएसी नर्सिङतर्फ १७० विद्यार्थी अध्ययनरत छन् ।

सभामा सहकुलपति एवं स्वास्थ्यमन्त्री डा सुधा गौतम, स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सभाका सदस्यलगायतका उपस्थिति रहेको थियो ।