global ime bank Long Banner Ad

गृहपृष्ठ सरकार–बञ्चरे डाँडा स्थानीयबीच ११ बुँदे सहमति

सरकार–बञ्चरे डाँडा स्थानीयबीच ११ बुँदे सहमति

सरकार–बञ्चरे डाँडा स्थानीयबीच ११ बुँदे सहमति

बञ्चरे डाँडाका स्थानीय र सरकारबीच सिंहदरबारमा भएको छलफल ११ बुँदे सहमतिसहित टुंगिएको छ। सहमतिअनुसार स्थानीयविरुद्ध विगतमा चलाइएका मुद्दा चाँडै फर्छ्योट गर्ने, ईआइए प्रतिवेदन तयार गराउने प्रक्रियालाई तीव्रता दिने र प्रतिवेदनअनुसार जग्गा अधिकरणका लागि आगामी वर्षको बजेटमा रकम विनियोजन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ।

बञ्चरेका अति प्रभावित स्थानीयलाई २०८२/८३ मा घर–टहरा तथा बाली क्षतिपूर्ति उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने र एक महिनाभित्र सिसडोल सरहका आधारमा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ।

क्यापिङ लेयरभन्दा बाहिर फोहोर फालेर लिचेट मुहानमा मिसिएको घटनामा तत्काल रोक लगाई कानुनी कारबाही गर्ने र १५ दिनभित्र विज्ञ टोलीमार्फत दीर्घकालीन समाधान खोज्ने पनि सहमति छ।

स्वास्थ्य तथा शिक्षामा विशेष सुविधा दिने, प्रभावित स्थानीयलाई रोजगारीका अवसर सुनिश्चित गर्न मेयर्स फोरममार्फत एजेण्डा उठाउने, महानगरले सहयोग रकम ३/३ करोडबाट ६/६ करोड पुर्‍याउने र अन्य नगरपालिकाको योगदान सुनिश्चित गर्न मन्त्रालयले पहल गर्ने उल्लेख छ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु