global ime bank Long Banner Ad

गृहपृष्ठ चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतङ्क

चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतङ्क

चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतङ्क

भालु आतङ्कबाट पीडित तिब्बतसँग सीमा जोडिएको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय गाउँ छोडुनुपर्ने अवस्थामा पुगेका छन् ।

जङ्गली भालुको आतङ्कबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय पासाङ छिरिङ शेर्पा बताउछन । उनका अनुसार मौसम असाध्यै चिसो भएको अवस्थामा घर भत्काउने, खाद्यान्न बाली नष्ट गर्ने र मानिस तथा पशुचौपायालाई आक्रमण गर्नेक्रम बढेकाले भालुको नियन्त्रणका लागि सम्बद्ध निकायको ध्यान जान आवश्यक छ ।

चिसोबाट बच्न र चौरी चरणका लागि हिउँदमा युवाहरू सोही वडाको लुम्नाङतर्फ झर्न थालेपछि घरमा बुढाबुढी मात्र बस्ने भएकाले लप्चीमा भालु र चितुवासमेतको बिगबिगी भएको स्थानीयको भनाइ छ ।

स्थानीय वाङ्छु शर्पाका अनुसार गाउँमा भएको जङ्गली जनावरको आक्रमणबाट उल्लेख्य सङ्ख्यामा चौरी र घोडा मरेपछि आर्थिक रूपमा ठूलो क्षति भएको, गाउँमा डर एवम् त्रासको वातावरण पैदा भएको, घरमा भण्डारण गरी राखेका खाद्यान्न खाइदिएपछि असहज परिस्थिति उत्पन्न भएको, मानिससमेत असुरक्षित हुने अवस्था सिर्जना भएकोले वाध्य भई गाउँ छाड्नुपर्ने अवस्था भएको छ । गाउँमा बढ्दो अवस्थामा रहेको भालु र चितुवा आतङ्क न्यूनीकरण तथा नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग उनले माग गरे ।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु