global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’ (भिडियो सहित)

‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’ (भिडियो सहित)

‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’ (भिडियो सहित)

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले आफू र आफ्नो पार्टी छानविनको दायरामा आउन तयार रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु पनि छानविनको दायरामा आउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘राज्यको स्रोत, साधन र शक्तिको दुरुपयोग नेताले मात्र गर्छ भन्ने जुन भाष्य उनीहरुले बनाउन खोजे त्यो वेठिक हो । म १३ महिना मन्त्री हुँदा राज्यको स्रोत साधनको के दुरुपयोग गरे ? छानविनको दायरामा आउन तयार छु भनेर ओपन च्यालेन गरेको छु । एमाले पार्टीले गरेको छ । एमालेका सबै पङतिले गरेको छ ।’

उनले थप भने, ‘सुशीला कार्की प्रधानन्यायाधीश हुँदा छानविनको दायरामा आउन तयार हो त ?प्रधानन्यायाधीश हुँदा स्रोत साधनको दुरुपयोग हुने राम्रै ठाउँ होला नि । रामेश्वर खनाल अर्थसचिव हुँदा विशेष छानविनमा आउन तयार हो त ? बजेट निर्माण गर्दा ठूला ठूला व्यवसायीहरुमा करका दररेट मिलाएका सेटिङ मिलाएका कुरा के के हो ? आरोप लगाउदिन मन छैन् । तर छानविनमा आउन तयार हो त ?’

उनले उर्जामन्त्री रहेको कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रमुख रहँदा अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गर्नेक्रममा भएको सम्झौताले ४५ करोड घाटा भएको पनि बताए ।

‘कुलमान विद्युत प्राधिकरणको एमडी हुँदा छानविन गर्न तयार हो त ? मलाई लाग्दैन उहाँहरु तयार हुनुहुन्छ भनेर । कुलमानजीको अहिलेको भारतको भ्रमणमा अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गर्नेक्रममा जुन सम्झौता उहाँले गर्नुभयो त्यसमा नेपाल विद्युत प्राधिकरणलाई एकोहोरो भाडा दिनेगरी र थप ४५ करोड घाटा हुने खालको सम्झौता गरेर आउनुभयो । कारबाही त यहीबाट सुरु गरे भयो त,’उनले भने । उनले दुई महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै मन्त्रीहरुले सम्पत्ति छानविन विवरण सार्वजनिक गर्न नसकेको बताए ।

‘दुई महिना भयो मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । दुई महिना भयो मन्त्री ज्युहरुले सम्पति छानविन विवरण सार्वजनिक गर्नुभएको छैन । यति रमाइलो स्टनबाजी छ । सञ्चारमन्त्रीज्यूले गरेको महत्वपूर्ण काम के रे भन्दा आर्यघाटमा वाईफाई फ्रि रे । किनभने आर्यघाटमा मृतकहरुले परिवारले विदेशमा लाइभ गर्ने रे । सबैभन्दा महत्वपूर्ण उपलव्धि जगदीश खरेलजीको त्यही रहेछ,’उनले भने ।

 

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु