काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं किंग्सको जर्सी र एन्थम सार्वजनिक

3.36K
shares

काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि लागि काठमाडौं किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं किंग्सले बिहीबार जर्सी अनावरण र अफिसियल एन्थम सार्वजनिक गरेको हो ।

काठमाडौं किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यानेजर दीपक नेपालीले टिमको जर्सी सार्वजनिक गरेका थिए ।

जर्सी अनावरण गर्दै टिमका अध्यक्ष अमितले एनएसपीएलका लागि काठमाडौं किंग्सको तयारी राम्रो रहेको र खेलाडीहरूलाई मैदानमा राम्रो प्रदर्शन गर्ने बताए ।

एन्थम तयार गरेका गायक तथा संगीतकार प्रिजोल नेपालीले काठमाडौंको संस्कृति र नेवारी समुदायसँग जोड्ने प्रयासस्वरुप एन्थम निर्माण गरिएको जानकारी दिए ।