काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ

3.91K
shares

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका – ३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन।

पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक पटक आक्रमण भइरहेपनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो छ। उनीहरुको कुटपिटपछि प्रहरी चौकी भवानीपुर पुगेकामा त्यहाँ प्रहरीले उजुरी नै लिन नमानेको पीडितले बताए।

भवानीपुर चौकीले सहयोग नगरेपछि उनीहरू ईलाका प्रहरी कार्यालय बरहथवा पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिएको बताईएको छ। कुटपिटबाट घाइते भएकाहरूको अहिले गोल्डेन हस्पिटल बरहथवामा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार जग्गाको बिषयमा विवादमा कुटपिट गरेको बुझिएको छ। प्रहरीले दुवै पक्षका गरि ९ जना घाईते भएको जनाएको छ। घटनामा संग्लग्न रहेका ५५ बर्षिय राम दरेशलाई पक्राउ गरेको जनाएको छ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारवाहीको माग गरेका छन्। घटना सम्बन्धि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।