काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शान्तिको पक्षमा ट्रम्पः युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह

4.89K
shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्धको सन्दर्भमा आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै दुबै पक्षलाई युद्ध तत्काल रोक्न आह्वान गरेको छ। युक्रेनको विजय सम्भव भए पनि हालको परिस्थितिमा त्यसमा विश्वास गर्न गाह्रो भइरहेको उनले बताए।

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग ह्वाइट हाउसमा भएको भेटको अवसरमा ट्रम्पले भने, “यसअघि म युक्रेनले गुमाएको भूभाग फिर्ता लिन सक्ने कुरामा आशावादी थिएँ। तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको लामो संवाद र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलान्स्कीसँगको प्रत्यक्ष भेटपछि मेरो धारणा केही बदलिएको छ।”

उनले हालको अवस्थामा युद्ध रोकिने हो भने शान्तिपूर्ण समाधानको सम्भावना बढ्ने स्पष्ट पारे। ट्रम्पले थपे, “मैले कहिल्यै युक्रेन युद्ध जित्छ नै भनेको थिइनँ, मैले भनेको थिएँ कि उनीहरू जित्न सक्छन्। तर युद्ध स्वभावतः अनिश्चित र जटिल हुन्छ।”

राष्ट्रपति जेलान्स्कीले ट्रम्पसँगको भेटलाई सकारात्मक बताएको छ। यद्यपि, उहाँले रूसी पक्षले डोनेत्स्क र लुहान्स्क क्षेत्रहरू पूर्ण रूपमा युक्रेनसँग छोड्नुपर्ने माग दोहोर्याएको जानकारी दिए।

टोमहक क्षेप्यास्त्र प्रणालीबारे ट्रम्पले हाललाई संयम अपनाउने संकेत गरेको छ। अवस्था अझ जटिल नहोस् भन्ने उद्देश्यले यसबारे तत्काल निर्णय नलिने धारणा व्यक्त गरेको हो।

जेलान्स्कीले पुटिनसँग हुन लागेको आगामी वार्तालाई शान्तिपूर्ण समाधानतर्फको सकारात्मक संकेतको रूपमा लिएको बताए। साथै, अमेरिकाबाट प्याट्रियट हवाई रक्षा प्रणाली प्राप्त गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।

उनले भने, “हामी राष्ट्रपति ट्रम्पको सकारात्मक सोचको कदर गर्छौं, यदि यसले युद्ध अन्त्यका लागि सहयोग पुर्‍याउँछ भने।”