काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीमा राष्ट्रिय लघुक्त चलचित्र महोत्सव

4.77K
shares

काठमाडौँ । रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय लघुक्त चलचित्र महोत्सव आयोजना हुँदैछ ।

हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा हुने चलचित्र महोत्सवमा नौ ओटा चलचित्र देखाइँदैछ । प्रतिष्ठानका अनुसार एउटा चलचित्रको अवधि ९ देखि १५ मिनेटको हुनेछ । प्रतिष्ठानले २३ ओटा चलचित्र दर्ता भएकामा नौ ओटालाई प्रतिष्पर्धामा राखिएको छ ।

शीर्ष तीनमा रहने चलचित्रले नगद पुरस्कार जित्नेछन् । जसमा पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ दिइने छ ।

त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ हजार रुपैयाँ पाउने छन् । चलचित्र बुधबार बिहान ११ बजेदेखि राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गरिने छ ।

यसका विजेता तथा प्रतिष्ठानले हरेक वर्ष गर्दै आइरहेको हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत तथा सञ्चार सेवा सम्मान पुरस्कार बिहीबार प्रदान गरिने भएको छ ।

यसपालि संगीततर्फ वरिष्ठ गायिका मीरा राणा र सञ्चार सेवातर्फ पत्रकार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई पुरस्कृत गरिने प्रतिष्ठानका सदस्य सचिव, चलचित्र निर्देशक एवं अभिनेता सम्राट सापकोटाले जानकारी दिए ।