काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चिनियाँ वैज्ञानिकद्वारा आवाज चिन्न सक्ने प्रविधियुक्त कपडा विकास

3.82K
shares

चिनियाँ अनुसन्धानकर्ताहरूले आवाज पहिचान गर्न सक्ने प्रविधियुक्त विशेष कपडा विकास गरेका छन्, जसले कृत्रिम बौद्धिकता (एआई) सँग जोडिएर दैनिक जीवनमा स्मार्ट सुविधा पुर्‍याउने नयाँ सम्भावना देखाएको छ ।

यो नवीन कपडाले मानिस बोल्दा लुगामा उत्पन्न हुने स्थैतिक विद्युतीय आवेशलाई समातेर प्रवद्र्धन गर्छ, जसले एआई प्रणालीलाई (भवाइस कमाण्ड) चिन्न सहज बनाउँछ ।

सुछौ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नेतृत्वमा विकास गरिएको उक्त कपडालाई ‘ए–टेक्सटाइल’ नाम दिइएको छ ।

परम्परागत कडा र भारी आवाज उपकरणहरूभन्दा फरक, यो कपडा नरम, लचिलो, हल्का र धुनेयोग्य छ ।

अनुसन्धानकर्ताहरूले यस कपडामा ३–डी टिन–सल्फाइड न्यानोफ्लावर, सिलिकन रबर र ग्राफाइट–जस्तै कार्बनयुक्त पदार्थ प्रयोग गरी बहुपरत संरचना तयार पारेका छन्, जसले आवेश सङ्कलन गर्ने क्षमतालाई अझ प्रभावकारी बनाउँछ ।

परीक्षण अनुसार, उक्त कपडाले ९७.५ प्रतिशतसम्मको आवाज पहिचान सफलता हासिल गरेको छ । यसमार्फत आवाज आदेश प्रयोग गरी घरका विद्युतीय उपकरणहरू टाढैबाट नियन्त्रण गर्न सकिन्छ । यस कपडाबाट स्मार्टफोन एपहरू पनि सञ्चालन गर्न सकिन्छ ।

अनुसन्धानले लुगामार्फतै एआईसँग अन्तरक्रिया गर्ने यो प्रविधि भविष्यमा स्मार्ट कपडा र धेरै उपयोगी मोबाइल सहायकको रूपमा प्रयोगमा ल्याउन सकिने देखाएको छ ।