काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वर्षाबारे मौसम विभागले जारी गर्यो १० बुँदे महत्वपूर्ण जानकारी

3.44K
shares

काठमाडौं । देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले १० बुँदे अध्यावधिक जानकारी सार्वजनिक गरेको छ ।

शनिबार मौसम विज्ञान विभागले सूचना निकाल्दै अध्यावधिक जानकारी गराएको हो ।
यस्तो छ, मौसम विभागले जारी गरेको अध्यावधिक जानकारी–अपडेट (२०८२–०६–१८, दिउँसो १ः५० बजे)
१. आज शनिबार दिउँसो १.५० बजेसम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहेको ।

२. पछिल्लो ६ घण्टामा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको र कोसी प्रदेशको धेरैजसो जिल्लाहरूमा हल्का वर्षा मापन भएको ।
३. काठमाडौँ जिल्लास्थित बागमती जलाधारको जलमपान केन्द्रहरू र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा रहेको र राति सतर्कता तह पार गर्ने सम्भावना रहेको ।

४. आज दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई वहने नदीहरूमा बहाब उल्लेख्य बढ्न सुरु हुने ।

५. आज राति नवलपरासी–पश्चिम, नवलपरासी–पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई वहने ससाना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको ।

६. भोलि आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने ।

७. आइतबार रातिदेखि कोसी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने ।

८. बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी ।
९. कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन हुन आवश्यक ।

१०. हाम्रो सामाजिक सञ्जाल ल्भउब िँयियम ब्भिचत नेपाल बाढी सूचना फेसबुक र एक्स (ट्विटर) मा हेर्दै गर्नुहोला ।