global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुर महानगरद्वारा १५ लाख बराबरको सुरक्षा सामग्री हस्तान्तरण

ललितपुर महानगरद्वारा १५ लाख बराबरको सुरक्षा सामग्री हस्तान्तरण

ललितपुर महानगरद्वारा १५ लाख बराबरको सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौं । ललितपुर महानगरपालिकाकाले तीन वटा सुरक्षा निकायलाई १५ लाख बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

शनिबार महानगरले नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दमकल, डुङगा, लाइभ ज्याकेट, हेलमेट, हाइनामिक रो, फुल बडी हार्नेसलगायतका उद्दारका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले गत वर्षको बाढीबाट शिक्षा लिई यस पटक पानीजन्य विपद्बाट जोगिन आफूहरु पूर्णरुपमा तयार रहेको बताए ।
उनले भने, ‘गत वर्षको घटनालाई मध्यनजर गरेर चारवटा डुङगा खरिद गर्यौं । डुङगा खरिद मात्र गरेको होइन त्यसका लागि तालिम पनि लिएका हौं । सोही बमोजिम हामीले पानीजन्य तालिमको व्यवस्थापन गर्यौ र अहिलेको अवस्थामा पूर्णरुपमा तयारीमा छौ । सुरक्षा पहिलो भएकाले यसमा कुनैपनि सम्झौता गर्न पाइदैन र गर्न हुँदैन ।’

उनले ललितपुर महानगरपालिका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा देशभर रहेका ७५३ वटा पालिकाहरुमध्ये उत्कृष्ट रहेको दाबी गरे ।
जेनजी आन्दोलनका क्रममा दमकलमा आगजनी गरिदिंदा दुःख लागेको भन्दै उनले त्यो भन्दा राम्रो गुणस्तरको दुईवटा दमकल खरिदको प्रक्रियामा रहेको जानकारी दिए ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु