global ime bank Long Banner Ad

गृहपृष्ठ घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ ।

महोत्तरीसहित मिथिला क्षेत्रमा महानवमीका दिन घरघरमा कन्या पूजा गरी नवरात्रिपर्व समापन भइरहेको जलेश्वर–८ का पण्डित गोविन्द झाले बताए । बडादसैँको घटस्थापनादेखि आजसम्म नौ दिनसम्म व्रत बसेका श्रद्धालु महिला तथा पुरुषले आज नवौँ दिनका अवसरमा गच्छेअनुसार पाँच, सात वा नौजना कन्यालाई बोलाएर पूजा गरी नवरात्रि व्रत समापन गर्ने परम्परा रहिआएको छ ।

आ–आफ्ना घर तथा टोल–छिमेकीका कुमारीलाई कन्याकुमारीलाई बोलाएर निजहरुका खुट्टा धोई टाउकोमा चुनरी हालेर, जीउमा फूल प्रसादहरु चढाएर पूजा गरेका छन्भने पूजापश्चात्कन्याहरुलाई प्रसादका रुपमा हलुवा, पुरी र चनाको भोजन गराएका छन्भने भोजनपछि कन्याको पाउ ढोग्दै दक्षिणासहित बिदाइ गरेको नवरात्रव्रत बसेका श्रद्धालु जलेश्वर नगरपालिका–२ का सुदिश साहले बताए ।

मिथिलामा आजका दिन कन्यालाई माता वैष्णवीको रुप मानेर कन्यापूजन, कन्याभोजन र कन्याबाट आशीर्वाद प्राप्त गर्ने चलन रहेकाले यहाँका घर घरमा आज कन्या पूजन गरिँदै नवरात्रि पर्व समापनका क्रममा छ ।

बडादसैँका नवरात्रि व्रत बसेर कन्यापूजन गर्नाले सुख, शान्ति र समृद्धिका साथै वर्षभरि मातादुर्गा भवानीको आशीर्वाद प्राप्त भइरहने जनविश्वास रहेका कारण मिथिलाको प्रत्येक घरमा नवरात्रि धुमधामका साथ मनाइने चलन रहेको जलेश्वर–५ का संस्कृतिविद् धु्रव रायले बताए ।

प्रकाशित समय : १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु