काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

1.05K
shares

इलाम । इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले घटनाबारे थप अनुसन्धान भइरहेको समेत जानकारी दिए ।