गृहपृष्ठ मेस्सीले कीर्तिमान बनाएको खेलमा इन्टर मियामीको प्रभावशाली जित

मेस्सीले कीर्तिमान बनाएको खेलमा इन्टर मियामीको प्रभावशाली जित

मेस्सीले कीर्तिमान बनाएको खेलमा इन्टर मियामीको प्रभावशाली जित

कप्तान लियोनल मेस्सीले किर्तिमान बनाएको खेलमा इन्टर मियामीले प्रभावशालि जित दर्ता गरेको छ। बिहीबार बिहान भएको खेलमा मियामीले न्यु योर्क सिटीलाई उसैको मैदानमा ४–० ले पराजित गर्‍यो।

मियामीको जितमा मेस्सीले २ गोल र एक असिस्ट प्रदान गरे। एक गोल मियामीका लागि सुवारेजले पेनाल्टीमा थपे। यो खेलमा मेस्सीले अर्को कीर्तिमान बनाएका छन्।

उनले मेजर सकर लिगमा (एमएलएस) को इतिहासमा लगातार ३७ गोलमा योगदान गर्ने कीर्तिमान बनाएका छन्। उनले जारी सिजन २४ गोल र १३ असिस्ट प्रदान गरिसकेका छन्।

मेस्सीले पछिल्ला ३ खेलमा ५ गोल र ३ असिस्ट प्रदान गरेका छन्। बिहीबार बिहान भएको खेलमा मियामीलाई पहिलो हाफको ४३ औँ मिनेटमा मेस्सीको पासमा रोड्रिग्वेजले अग्रता दिलाएका थिए। ७४ औँ मिनेटमा मेस्सीले अग्रता दोब्बर बनाए।

८३ औँ मिनेटमा सुवारेजले पेनाल्टीमा गोल गर्दा ८६ औँ मिनेटमा मेस्सीले अर्को गोल थपे। लगातार तेस्रो जित दर्ता गर्दा मियामी सपोर्टर्स शिल्डको उपाधिको बलियो दाबेदार देखिएको छ। शीर्ष स्थानमा रहेको फिलाडेल्फिनको ३१ खेलबाट ६० अंक छ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु