काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना र्याली (भिडियो सहित)

2.46K
shares

रामेछाप । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा शुक्रबार मन्थलीमा सचेतना र्याली आयोजना गरिएको छ ।

मन्थली नगरपालिकाको आयोजनामा भएको प्रभात फेरी मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई मन्थली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले सामाजिक विकृति र अपराध नियन्त्रणमा सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिए । ‘मानव बेचबिखन र ओसारपसार रोक्न सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने छ’, उनले भने ।

कार्यक्रममा मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले मन्थली नगरपालिकाले सबै वडा र विद्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिए । नगरपालिकाका सबै विद्यालयमा अतिरिक्त क्रियाकलापको रूपमा दिवसको कार्यक्रम राखिएको उनले बताए ।

¥यालीमा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत लगायतका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायत कर्मचारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायी लगायतको सहभागिता थियो ।