global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं ।  नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ जना सहभागी हुने जनाइएको छ ।

महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ ।

प्रकाशित समय : ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु