गृहपृष्ठ राष्ट्रियसभा : राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
राष्ट्रियसभा : राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ ।राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री डा वाग्लेले सरकारले सहुलियत ऋण मात्रै लिएको स्पष्ट पारे।
यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु रामकुमारी झाक्री, प्रेमप्रसाद दंगाल र खम्मबहादुर खातीले भाग लिदै आ–आफ्नो धारणा व्यक्त गरेका थिय ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठक पाँच मिनेटका लागि स्थगित गरेका छन ।
प्रकाशित समय : १८:५५ बजे



















