global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौँ राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिय । प्रस्तावलाई राष्ट्रिसभाको अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिय ।

यसअघि बैठकमा विनियोजन विधेयक–२०८३ अन्तर्गत सांसद सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव राखेको थिय । खर्च कटौतीका प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु