गृहपृष्ठ सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन अध्यक्ष रानामगर
सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन अध्यक्ष रानामगर
हेटौँडा ।राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव उदयबहादुर रानामगरले राससको सेवालाई समयसापेक्ष रुपमा अझ गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिएको छन ।
हेटौँडास्थित रासस बागमती प्रदेश कार्यालयको आज स्थलगत निरीक्षण गर्नुहुँदै अध्यक्ष रानामगरले परिवर्तित समय र नवीन प्रविधिलाई समेत आत्मसात् गरी छिटोछरितो ढङ्गबाट गुणस्तरीय समाचार सामग्री सम्प्रेषण गर्न निर्देशन दिएको हुन ।
सदैव सरकार र जनताप्रति जवाफदेही भई समाचार सामग्री सम्प्रेषण गर्दै आएको राससले आफ्ना जनशक्तिलाई थप क्रियाशील बनाइ सत्यतथ्य, आधिकारिक र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए ।
बागमती प्रदेश सरकारसँग समन्वय गरी कार्यसम्पादन गर्न निर्देशन दिनुहुँदै अध्यक्ष रानामगरले मातहतका सबै जिल्ला तथा पालिकासम्बद्ध राससकर्मीहरूलाई उत्प्रेरित गरी बढीभन्दा बढी समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने दायित्व प्रदेश कार्यालयको रहेको बताए ।
रासस प्रदेश कार्यालयको व्यवस्थापन, समाचार सम्प्रेषण, स्थानीय समाचारदाताको भूमिकाका विषयमा जानकारी लिदै अध्यक्ष रानामगरले सेवा प्रवाहका क्रममा समस्या आएमा तत्काल केन्द्रसँग समन्वय गरी कामकाज गर्न निर्देशन दिए ।
अध्यक्ष रानामगरसँगै सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी रवीन्द्रप्रसाद पौड्यालले पनि कार्यालयको निरीक्षण गर्नुहुँदै गर्दै विभिन्न विषयमा जानकारी लिनुुभएको थियो । उपसचिव पौडेल यसअघि रासस सञ्चालक बोर्ड सदस्य थिए ।
सो अवसरमा रासस बागमती प्रदेश कार्यालयबाट भइरहेको सेवाप्रवाह, विद्यमान समस्यालगायत विषयमा प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेलले जानकारी गराएको थिय । यसैगरी, स्थानीय समाचारदाता अञ्जली थापाले रासससम्बद्ध स्थानीय समाचारदाताका समस्या, कामकर्तव्य र भूमिकाका विषयमा अध्यक्ष रानामगरलाई जानकारी गराएको थिइन ।
जिल्ला हुलाक कार्यालयको निरीक्षण
सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रानामगरले आजै जिल्ला हुलाक कार्यालय मकवानपुरको पनि निरीक्षण गरे । हुलाक सेवालाई समयसापेक्ष प्रभावकारी बनाउन निर्देशन दिदै सहसचिव रानामगरले हुलाक कार्यालयबाट भइरहेका सेवा प्रवाहलगायतका विषयमा जानकारी लिएको थिय ।
जिल्ला हुलाक कार्यालय, मकवानपुरका प्रमुख रमेश लामिछानेले कार्यालयबाट भइरहेको सेवा प्रवाहसँगै व्यहोर्नुपरेका समस्यालगायतका विषयमा मन्त्रालयका सहसचिव रानामगर नेतृत्वको भ्रमण टोलीलाई जानकारी गराएको थिय ।
प्रकाशित समय : १८:४८ बजे



















