global ime bank Long Banner Ad

गृहपृष्ठ फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ 3S शोरुम सञ्चालनमा ल्यायो

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ 3S शोरुम सञ्चालनमा ल्यायो

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ 3S शोरुम सञ्चालनमा ल्यायो

काठमाडौं । फोटोन मोटर्स नेपालले पश्चिम नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै बुटवलमा नयाँ 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले असार १५ गते रुपन्देहीको मणिग्रामस्थित शोरुमको औपचारिक उद्घाटन गरेको हो। नयाँ शोरुममार्फत रुपन्देही, पाल्पा, नवलपरासी तथा आसपासका जिल्लाका ग्राहकलाई बिक्री, मर्मत तथा स्पेयर पार्ट्ससम्बन्धी सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

शोरुमको उद्घाटन एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा गरेका थिए।

कम्पनीका अनुसार नयाँ शोरुम पूर्ण 3S सुविधासहित सञ्चालनमा आएको हो। एउटै स्थानबाट सवारी बिक्री, बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध हुने भएकाले ग्राहकलाई सेवा लिन अन्य शहर जानुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले बुटवल शोरुम कम्पनीको व्यापार विस्तारसँगै ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा उपलब्ध गराउने दीर्घकालीन योजनाको हिस्सा भएको बताए। उनले देशभर गुणस्तरीय सेवा र ग्राहकको विश्वासलाई प्राथमिकतामा राखेर सेवा सञ्जाल विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीले बुटवल शोरुम सञ्चालनसँगै पश्चिम नेपालका ग्राहकलाई अझ सहज र छिटो सेवा उपलब्ध गराउने तथा देशभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल थप सुदृढ बनाउने जनाएको छ।

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स नेपालमा फोटोन ब्रान्डका व्यावसायिक सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर विस्तार हुँदै गएको शोरुम तथा सेवा केन्द्रमार्फत व्यावसायिक सवारीसाधन र बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित समय : २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु