global ime bank Long Banner Ad

गृहपृष्ठ आईक्यानद्वारा ‘सीएफओ कन्फरेन्स २०२६’ सम्पन्न, वित्तीय नेतृत्वका समसामयिक विषयमा छलफल

आईक्यानद्वारा ‘सीएफओ कन्फरेन्स २०२६’ सम्पन्न, वित्तीय नेतृत्वका समसामयिक विषयमा छलफल

आईक्यानद्वारा ‘सीएफओ कन्फरेन्स २०२६’ सम्पन्न, वित्तीय नेतृत्वका समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले ‘सीएफओ कन्फरेन्स २०२६’ सम्पन्न गरेको छ। सम्मेलनमा विभिन्न क्षेत्रका प्रमुख वित्तीय अधिकृत (CFO), उद्योगी–व्यवसायी, नीतिनिर्माता, वित्तीय व्यवस्थापन विज्ञ, चार्टर्ड एकाउन्टेन्ट तथा पेशागत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

‘Leading Beyond Finance, Shaping the Future’ नारासहित आयोजित सम्मेलनमा बदलिँदो आर्थिक परिवेशमा वित्तीय नेतृत्वको भूमिका, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, नवप्रवर्तन तथा दिगो व्यवसाय विकासलगायत विषयमा छलफल गरिएको आईक्यानले जनाएको छ।

सम्मेलनमा सहभागी वक्ताहरूले भविष्यका चुनौती सामना गर्न वित्तीय नेतृत्वलाई तथ्यमा आधारित निर्णय, प्रविधिको प्रभावकारी प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै आईक्यानका अध्यक्ष सीए अनिलबहादुर सारु मगरले नेपालको आर्थिक विकासमा प्रमुख वित्तीय अधिकृतको भूमिका महत्वपूर्ण रहेको बताए। उनले विभिन्न संस्था र संगठनमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आईक्यानले आवश्यक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट रत्नराज बज्राचार्यले आफ्नो व्यावसायिक अनुभव साझा गर्दै प्रमुख वित्तीय अधिकृतहरूले बदलिँदो व्यावसायिक वातावरणअनुसार आफ्नो क्षमता निरन्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले पछिल्लो समय प्रमुख वित्तीय अधिकृतको भूमिका परम्परागत लेखा व्यवस्थापनमा मात्र सीमित नरही संस्थाको रणनीतिक नेतृत्वसँग समेत जोडिएको बताए। उनले सीएफओहरूले प्रविधिमैत्री बन्नुका साथै संस्थाको समग्र विकास र दीर्घकालीन रणनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

सम्मेलनअन्तर्गत ‘Building the Financial Infrastructure: CFO at the Crossroads – Bridging the Gaps’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु