काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

1.72K
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने सिंहदरबारमा बस्ने भएको हो ।

आज बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।