काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खेल पूर्वाधार उपयोग तथा संचालन कार्यविधि कार्यदलले बुझायो प्रतिवेदन

2.73K
shares

राष्ट्रिय खेलकुद परिषद् मातहत रहेका खेल पूर्वाधार उपयोग तथा संचालन सम्बन्धि कार्यविधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

बुधबार कार्यदलले सदस्य सचिब टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सदस्य सचिव घिसिङले कार्यदले दिएको सुझाव अत्यन्त उपयोगी रहेका भन्दै परिषद्को बोर्ड बैठकले पास गरे पछि कार्यान्वयनमा आउने जानकारी दिए ।

खेलकुद पूर्वाधारहरूको संरक्षण र प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडीमैत्री, सर्वसुलभ र व्यवस्थित ढङ्गले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझाब सहित प्रतिवेदन तयार गरिएको कार्यदल संयोजक राखेप कार्यकारी समित सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।