गृहपृष्ठ अस्ट्रेलियाका क्रिस लिनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने

अस्ट्रेलियाका क्रिस लिनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने

अस्ट्रेलियाका क्रिस लिनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने

अस्ट्रेलियाका चर्चित ओपनिङ ब्याटर क्रिस लिन नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमार्फत संकेत गर्दै विदेशी खेलाडीको आगमनको जानकारी दिएको थियो ।

पोस्टमा ३९५५ रन र २२० छक्का जस्ता आँकडा उल्लेख गरिएका थिए, जुन क्रिस लिनको बिग ब्यास लिग प्रदर्शनसँग मेल खान्छ ।

लिनले बिग ब्यास लिगमा १२७ खेल खेलेका छन् । उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट अनुभव प्राप्त गरेका छन् ।

 

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु