भारतीय प्रधानन्यायाधीश गवई भोलि नेपाल आउने
वि.सं.२०८२ भदौ १८ बुधवार २०:३८
shares
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई नेपाल आउनेभएका छन । प्रधानन्यायधीश भएपछि पहिलो पटक गवई भोलि नेपाल आउन लागेका हुन ।
उनि नेपालमा हुने ’नेपाल–इन्डिया जुडिसियल डाइलग’मा सहभागी हुन र भ्रमणका लागि आउन लागेका हुन । गवईको लुम्बिनी, पाटन र पशुपति भ्रमण गर्ने तालिका छ ।
यसअघि नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका तत्कालीन प्रधानन्यायाधीश डी वाई चन्द्रचूड समेत नेपालको तीन दिने औपचारिक भ्रमणमा सन् २०२४ मा नेपाल आएका थिए ।

























