काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लाइसेन्स नवीकरणको दोस्रो किस्ता बापत एनसेलले बुझायो ३.२९ अर्ब रुपैयाँ

2.22K
shares

सरकारलाई एनसेलले लाइसेन्स नवीकरणको दोस्रो किस्ता रकम बुझाएको छ । कम्पनीले वार्षिक १० प्रतिशत ब्याजसहित एक साता अघि नै नेपाल दूरसञ्चार प्राधिकरणको खातामा नवीकरण बापतको किस्ता रकम जम्मा गरेको हो ।

एनसेलले ६ भदौमा नवीकरणको दोस्रो किस्ताबापत ब्याजसहित तीन अर्ब २९ करोड रुपैयाँ तिरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । “असारमा २ अर्ब तिरेको एनसेलले बाँकी ३ अर्ब २९ करोड रुपैयाँ बुझाएको हो,” अर्यालले भने ।

१५ भदौसम्म नवीकरण शुल्क बुझाउनुपर्नेमा एनसेलले २६ असारमै दुई अर्ब रुपैयाँ र ६ भदौमा ब्याजसहित बाँकी तीन अर्ब २९ करोड रुपैयाँ तिरेको छ ।

प्राधिकरणले खुमलटारको जग्गा खरिद गर्न एनसेलबाट दुई अर्ब रुपैयाँ अग्रिम भुक्तानी लिएर सार्वजनिक सेवा प्रसारण संस्था (तत्कालीन रेडियो नेपाल)को नाममा रहेको जग्गा खरिद गरेको थियो ।