काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा भुटानसँग बराबरीमा रोकियो

1.94K
shares

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ ।

आइतबार सम्पन्न खेलमा नेपाल र भुटान १-१ गोलको बराबरी खेलेका हुन् । यो खेलपछि नेपालले ६ खेलमा एक जित र एक बराबरीसहित ४ अंक बटुलेर नेपाल तेस्रो हुदै प्रतियोगिताको अन्त्य गरेको छ ।

नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो । त्यस्तै पाँचौं खेलमा भारतसँग ५-० ले हार बेहोरेको थियो ।