लक्ष्मी सस्टेनेवल इनर्जी फण्डद्वारा एक अर्ब रुपैयाँ संकलन
वि.सं.२०८२ भदौ १५ आइतवार २०:१२
shares

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गरेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित एक अर्ब रुपैयाँ संकलन गर्न सफल भएको हो।
यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित पहिलो प्राइभेट इक्विटी फण्ड हो।
जलविद्युत, सौर्य, वायु ऊर्जालगायतका क्षेत्रमा लगानी गर्दै नेपालको दिगो ऊर्जा क्षेत्रको विकासमा योगदान पु-याउने उद्देश्य फण्डले लिएको छ।
फण्ड प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड र व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले लगानीकर्ताप्रति विश्वास र निरन्तर समर्थनका लागि आभार प्रकट गरेका छन्।
























