global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।
जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४२, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

यस्तै, काउली स्थानीय प्रतिकिलो १००, काउली (तराई) प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ४५, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो ७० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।

यसैगरी समितिले घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ५५, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो २५, घिरौला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ४० तोकिएको छ ।
समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो २५, पालुङ्गो साग प्रतिकिलो १४०, चमसूरको साग २८०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १५०, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ३००, न्यूरोे प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो २४०, चुकुन्दर प्रतिकिलो ६०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ११००, पुदिना प्रतिकिलो ७००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २८०, केरा (दर्जन) १३५, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३३०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुखकटहर प्रतिकिलो ४०, नासपाती (लोकल) प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो २२० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु