global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका

स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका

स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका

भद्रपुर । स्थानीयले सांकेतिक रूपमा सडकमा धान रोपेर विरोध जनाएपछि अर्जुनधारा नगरपालिकाले जीर्ण सडकको तत्काल मर्मत सुरु गरेको छ ।

वडा नम्बर २ स्थित गाँजाबारीमा अत्यधिक हिलो र खाल्डाखुल्डीका कारण आवागमन प्रभावित भएपछि केही दिनअघि स्थानीयले मदन भण्डारी राजमार्गबाट लाप्चेटार–बदमटार हुँदै इलामका विभिन्न स्थान जोड्ने सडकमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

स्थानीयको गुनासोपछि नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले आज सडकको स्थलगत निरीक्षण गर्दै खाल्डाखुल्डी तत्काल पुरी सडकलाई आवागमनयोग्य बनाउन सम्बन्धित शाखालाई निर्देशन दिएको हो । निर्देशनसँगै नगरपालिकाको व्यवस्थापनमा ट्याक्टरमार्फत माटो हालेर सडक मर्मतको काम सुरु गरिएको हो ।

प्रमुख गोम्देनले स्थानीय सरकार नागरिकका समस्या समाधानप्रति सधैँ जिम्मेवार र संवेदनशील रहेको बताउँदै समयमै समस्या जानकारी गराउन नागरिकलाई आग्रह गरे् । उनले भने, “स्थानीय सरकार नागरिकका समस्याप्रति सधैँ जिम्मेवार छ । गाउँ, टोल तथा नगर क्षेत्रमा देखिएका समस्या तत्काल जानकारी गराउनुस्, हामी आवश्यक स्रोत परिचालन गरेर यथाशीघ्र समाधान गर्न प्रयास गर्नेछौँ ।”

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु