काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सार्वजनिक यातायात महासंघको अनुरोध- ‘इम्बोस्ड नम्बर प्लेट जडान नगर्नू’

3.15K
shares

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ ।

सोमबार महासंघका महासचिव भरत नेपालले जारी गरेको विज्ञप्तिमा आवश्यक पूर्वाधारबिनै विदेशी प्रविधि भित्र्याइएको भन्दै त्यसले यातायात व्यवसायी र सर्वसाधारणमाथि अनावश्यक आर्थिक बोझ थप्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार तथा सरोकारवाला पक्षबीचको छलफल र संवादमार्फत देखिएका अव्यवहारिक विषयको संशोधन–सुधारबिना सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन अनुरोध गर्दछौँ ।’

महासंघले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा नेपालीको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा पुग्ने खतरा रहने भन्दै राष्ट्रको सुरक्षामाथि समेत प्रश्न उठाएको छ ।

त्यस्तै, जबर्जस्ती नम्बर प्लेट जडान गराउन खोजिए विरोध र आन्दोलनमा उत्रिने चेतावनी पनि महासंघले दिएको छ ।

यसअघि भदौ ३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने जनाएको थियो ।