गृहपृष्ठ गाईजात्राको अवसरमा अधिकार र पहिचान स्थापित गर्न यौनिक तथा लैङ्गिक समुदायको र्‍याली प्रर्दशन

गाईजात्राको अवसरमा अधिकार र पहिचान स्थापित गर्न यौनिक तथा लैङ्गिक समुदायको र्‍याली प्रर्दशन

गाईजात्राको अवसरमा अधिकार र पहिचान स्थापित गर्न यौनिक तथा लैङ्गिक समुदायको र्‍याली प्रर्दशन

काठमाडौं । बसन्तपुर सानो पशुपति मन्दिरस्थित यौनिक तथा लैङ्गिक अल्प संख्यक समूदायहरुले र्‍याली प्रर्दशन कार्यक्रम गरेको छ ।

गाईजात्राको अवसर पारेर अधिकार र पहिचान स्थापित गराउने सबैको सहयोगी नेपाल सस्ंथाले वर्ष भरी दिवंगत भएका यौनिक तथा लैङ्गिक अल्प संख्यक समूदायहरुको सम्झनामा बसन्तपुर सानो पशुपति मन्दिरबाट र्‍यालीको आयोजना गरिएको छ ।

ऊक्त कार्यक्रममा बोल्दै सस्ंथाकी कार्यकारी प्रमुख सम्झना केसीले हालसम्म यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायहरुलाई राज्यको विभिन्न निकायमा संग्लन नगरिएको र राज्यले यौनिक तथा लैङ्गिक अल्प संख्यक समूदायहरुको समस्यामा गम्भिरता नदेखाएको बताए ।

यस कार्यक्रममा नेपाली सस्ंकृति झल्किने विभिन्न जातजातिका पोशाक र मौलिक नाचगान गरिनुका साथै पञ्चेबाजा सहित करिब ६०० को संख्यामा उपस्थिति रहेको यौनिक तथा लैङ्गिक अल्प संख्यक समूदायहरुका र्‍याली बसन्तपुरबाट असनइन्द्रचोक हुदै क्षेत्रपाटिमा पुगि उक्त र्‍याली पुंनः बसन्तपुरमा आई समापन गरेको छ ।

 

 

प्रकाशित समय : ०४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु