global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मधेशप्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै

मधेशप्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै

मधेशप्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै

मधेस प्रदेशको महोत्तरीसहित अन्य जिल्लामा नागको पूजाआराधना गरेर ‘लगपाँच’ पर्व मनाइँदै छ । मूलघरको चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दुर र अक्षता चढाइ नागको आराधना गर्ने परम्परा रही आएको छ । घरमूली गृहिणीले स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै नागले रुचाउने दूध, लावा चढाउँछन् ।

महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शोभाकान्त झाले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि नागको भय नहुने जनविश्वास रहेको बताए । उनका अनुसार घरका चारै सुरका भित्तामा नागचित्र कोरिनसँगै मुख्यद्वारमा कागजमा बनाइएको नाग चित्र पनि टाँसिन्छ । मधेशमा ‘लगपाँच’ दिनपश्चात् पर्व प्रारम्भ भएको मानिन्छ ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु