काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कानूनका दुई महिला सहसचिव एकसाथ सचिवमा बढुवा

1.64K
shares

कानुनतर्फका सहसचिवद्वय निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईको सचिवमा बढुवा सिफारिस भएको छ ।

सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिवराई सचिवमा बढुवा सिफारिस गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहसचिव रहेकी निर्मला बढुवापछि पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमै रहने छिन् ।

निर्वाचन आयोगमा दरबन्दी रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सहसचिव इन्दिरा नेपाल कानून आयोगमा सिफारिस भएकी हुन् ।